२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा



अ+ अ-

काठमाडौं । लामो समयको गृहकार्यपछि तेस्रो लगानाी सम्मेलन आज सुरु हुँदैछ । सम्मेलनका लागि संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी १ सय ५० वटा परियोजना प्रस्तुत गर्ने तयारी सरकारको छ ।

सम्मेलनमा ५५ देशका १६ यभन्दा बढी लगानीकर्ता सहभागी हुने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका परियोजना प्रस्तुत गरिने भएको छ ।

सम्मेलनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आइसकेका छन् । केही लगानीकर्ता आज आउने छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ६ वटा सत्र सञ्चालन हुने छन् । उर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक, पूर्वाधार तथा व्यापार, स्वास्थ्य र शिक्षालगायतका विविध क्षेत्रका परियोजना रहेको बोर्डले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८ औं बैठकले तेस्रो लगानी सम्मेलनमा आययपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोज्नेलगायतका सरकारी तथा निजी गरी १ सय ४८ वटा परियोजनाको सूची स्वीकृत गरेको छ ।