२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चलचित्रमा साहित्य कमजोर छ’: कवि तथा निर्देशक सुब्बा



अ+ अ-

काठमाडौँ । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गर्नुभयो । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उहाँ लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने गर्नुभएको छ । लेखक भएका कारण उहाँले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियाल्नुभयो । फलत: लिम्बू समुदायको कथा भन्ने निर्णयपछि उहाँले आफैँ म निर्देशन गर्छु भन्नुभयो ।

“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ । पहिलो चलचित्रको कमजोरीलाई दोस्रोमा सुधार्ने प्रयास गरेको छु”, निर्देशक सुब्बाले भन्नुभयो ।

उहाँ निर्देशित ‘जारी’ले रु १७ करोडको व्यापार घरेलु बजारमा गरेको छ । त्यसपछि उहाँ स्थापित निर्देशक बन्नुभयो । दोस्रो चलचित्रका रुपमा उहाँले ‘मनसरा’ तयार गर्नुभएको छ । यसपटक उहाँले आत्मनिर्भर महिलाको सङ्घर्ष र जीवनीलाई प्रस्तुत गर्नुभएको छ । “मनसरा एक प्रकारको धान हो । यसलाई अन्य जातका बीउसँग मिसाएर रोप्नुपर्छ । यद्यपि फल्दा स्वतन्त्र भएर छुट्टै फल्छ । यसलाई नै आधार बनाएर चलचित्रको कथा तयार गरेँ”, निर्देशक सुब्बाले भन्नुभयो ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा उहाँ आफू बस्ने आसपास घुमघाम गर्नुभयो । नखिपोट भन्दा माथि पुगेपछि त्यहाँ देखिएको मिश्रित बस्तीले उहाँलाई कथाको आइडिया दियो । ‘जारी’ अगाडि नै चलचित्रको सुरुआत गर्ने तयारी गरे तापनि विविध कारणले एक वर्ष ढिला भएको उहाँले जानकारी दिनुभयो ।

“साहित्यको आँखाले चलचित्र कमजोर नै छ । समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग हुन्छ । यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ”, निर्देशक सुब्बाले भन्नुभयो । चलचित्रमा मिरुना मगर, दयाहाङ राई, प्रवीन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र वैशाखको तेस्रो साता प्रदर्शन हुँदैछ ।