२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर



अ+ अ-

काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसिटी डे अफर उपलब्ध गराएको छ ।

यस वर्ष समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चारं भन्ने मूल नारा सहित भोलि वैशाख २० गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ ।

टेलिकमको अफर आजदेखि सुरु भएर वैशाख २१ गतेसम्म लागू हुनेछ ।

यस अफरअन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिन चलाउन सकिने ६ जिबी डेटा, १९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डेटा, २९९ रूपैयाँमा १२ दिन चलाउन सकिने २० जिबी डेटा र ३९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफरअन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।

यस्तै प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।