२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताउनुभएको छ ।

२ हजार ८१ जनालाई रोजगारी दिनेगरी नि:शुल्क ‘सिपमुलक तालिम’ दिन काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेला बुधवारदेखि शुरु भएको छ । उक्त मेलाको उद्घाटन गर्दै उप्रमुख डंगोलले शिक्षालाई सिपसँग,सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकाले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताउनु भयो ।

उहाँले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित नि:शुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको बताउनु भयो । उहाँले महानगरपालिकाले रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको बताउनु भयो । उहाँले पछिल्लो समय बजारमा बेरोजगारी बढ्दै गएको स्वरोजगार बनाउने महानगरको उद्य्देश्य रहेको बताउनु भयो । उहाँले बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘महानगरपालिका लगायत अन्य सिटिभिटीबाट पनि तालिम दिइरहेका छन् । तर बजारमा यतार्थ हर्ने हो भने बेरोजगारको दर घटेको छ वा छैन । सरकारले दिएको तालिम र रोजगारीसँग जोड्न सकेका छौं कि छैनौं । हामीले दिएको तालिम र उत्पादनसँग जोड्न सकेका छौं कि छैनौं यो प्रश्न हामी सबैमा ठूलो प्रश्नको रुपमा आएको कारणले गर्दा पनि महानगरले सिप मेला आयोजना गरेका हौं । जसको कारणले गर्दा सप्लाई साइट जहाँबाट धेरै जनशक्तिहरु उत्पादन हुन्छन् । रोजगारदाता डिमाण्ड साइट छ । जुन सप्लाई र डिमाण्ड साइटबीच भएको मिसम्यास छ । केके तालमेल नमिलेको छ । बजारमा हेर्‍यो भने बेरोजगार धेरै छ । तर रोजगारदाताले भन्ने गरेका छन् ।खाजेको जस्तो जनशक्ति बजारमा छैन ।

यो तालमेल नमिलेको कारणले गर्दा मिसम्यासलाई म्याचिङ गराउनको लागि काठमाडौं महानगरपालिकाले सिप मेला आयोजना गर्‍यो । हामीले सिप मेलाबाट पुलको काम गर्दै छांै । तालिम गरेर रोजगारीसँग जोड्न चाहनुहुन्छ । उहाँहरुलाई रोजगारदातासँग जोड्न खाजेका छौं । महानगरले शिक्षा पनि गरिखाने शिक्षा दिन थालेका छौं । शिक्षा पनि सिपसँग जाडिनुपर्छ । सिपबाट श्रमसँग जोडिनुपर्छ । श्रमलाई पनि उत्पादनसँग जोडिनुपर्छ भन्ने आजको सिप मेला आयोजना गरेका हौं । नयाँ वर्षसँगै सिप मेलाबाट कम्तिमा पनि २०८१ जनाले रोजगारीसँग जोड्न सक्यौं । स्वरोजगारको बाटो देखाउन सक्यौं भन्ने उदेश्य लिएका छौं । यो लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव छैन । निजी क्षेत्रले भने जस्तो काठमाडौं महानगरसँग जोड्ने अवसर सिप मेलाले दिएको छ । सम्पूर्ण रोजगारदातालाई अनुरोध गर्न चाहन्छौं । काठमाडौं महानगरपालिकासँग हातमालो गरौं । देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्यौं ।’

उहाँले निजीको काठमाडौं महानगरसँग मिलेर काम गर्ने भनाईलाई सार्थक बनाउनको लागि निजी क्षेत्रसँग हातेमालो गर्न महानगर तयार रहेको बताउनु भयो । उहाँले सिपमुलुक तालिममार्फत २ हजार ८१ जनालाई स्वरोजगारको बाटो देखाउन लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव नभएको भन्दै निजी क्षेत्रको पनि साथ आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्र सहकार्य गरेर देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै