२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४९ औं खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । यस लिगमा चेन्नईमाथि पञ्जाबको यो लगातार पाँचौं जित हो ।

टोलीले चालू सिजनमा पहिलो पटक लगातार दोस्रो खेल जितेको हो । यो जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । टोली २ अंक जोडेर सातौं स्थानमा पुगेको छ । ४ जितपछि पञ्जाबको ८ अंक छ ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा बुधबार भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा पञ्जाबले १७.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खेलको प्लेयर अफ द म्याच हरप्रीत ब्रार भए । उनले १७ रन दिएर २ विकेट लिए ।

सीएसकेका कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाए । उनले सिजनमा चौथो अर्धशतक बनाए । गायकवाडका अलावा अजिंक्य रहाणेले २९ रन र समीर रिजवीले २१ रनको योगदान दिए । पञ्जाबका हरप्रित ब्रार र राहुल चाहरले २–२ विकेट लिए । कागिसो रबाडा र अर्शदीप सिंहले एक–एक विकेट लिए ।

पीबीकेएसका ओपनर जोनी बेयरस्टोले ४६ रन र रिले रुसोले ४३ रनको महत्वपूर्ण इनिङ्स खेले । कप्तान साम करन २६ र शशांक सिंह २५ रनमा अविजित रहे । चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लिसन र शिवम दुबेले एक–एक विकेट लिए ।