२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण



फाईल फोटो
अ+ अ-

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो ।

दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा गरी तीन ठूला पुलको निर्माण कार्य भइरहेको आयोजनाका पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । मादी नदीमा निर्माणाधीन आर्क डिजाइनको पुल छुट्टै ठेक्का भएर निर्माण कार्य अघि बढाइएको हो । “उक्त पुलको लम्बाइ तीन सय १५ मिटर रहेको छ”, उहाँले भन्नुभयो “पुलको हालसम्म २० प्रतिशत कार्य प्रगति भइसकेको छ ।”

उहाँका अनुसार पूर्वी खण्डमा हालसम्म ५७ प्रतिशत कार्य प्रगति भएको छ । पृथ्वी राजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली बजार क्षेत्रमा ७० घर भत्किने छन् । त्यसमध्ये ४० जनाले मुआब्जा लिएर पनि घर भत्काउन चासो दिएका छैनन् । मुआब्जा लिन नआएका र लिएकाले समेत समयमा घर नभत्काइ दिँदा दमौली बजार क्षेत्रमा सडक विस्तारका कार्य अघि बढाउन समस्या भएको उहाँले बताउनुभयो ।

दमौली बजार क्षेत्रमा कति जनाले मुआब्जा लिए, कतिले भत्काउन थाले र कतिले मुआब्जा नलिई बसेका छन् भन्नेलगायतका विषयमा परामर्श दाताले प्रतिवेदन तयार गरिरहेको उहाँले बताउनुभयो । “परामर्श दाताले प्रतिवेदन बुझाएपछि कुन विधिबाट भत्काइने हो प्रक्रिया अघि बढाइनेछ, नभत्काइ सुखै छैन”, उहाँले भन्नुभयो, “सदरमुकाम व्यापारिक केन्द्र भएकाले संवेदनशीलतालाई बुझेर अहिले दमौलीभन्दा दायाँबायाँका क्षेत्रमा काम गरिएको छौँ ।”

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र कार्य भएको छ ।

उक्त आयोजनाअन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । विसं २०८१ वैशाख २ गते सम्झौताअनुरुप म्याद सकिएपछि पुन: म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ । पृथ्वी राजमार्ग सडकअन्तर्गत पूर्वी र पश्चिम खण्डमा गरी दुई खण्डमा सडक विस्तार कार्य धमाधम भइरहेको छ । त्यसअनुरुप पश्चिम खण्डमा करिब २३ प्रतिशत कार्य प्रगति भएको छ । रासस