२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित



अ+ अ-

काठमाडौँ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स आईपीएल–२०२४ को प्लेअफको दौडबाट बाहिरिएको छ । टोली कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भयो ।

कोलकाताले मुम्बईलाई १२ वर्षपछि वानखेडे मैदानमा हराएको हो । यस मैदानमा मुम्बईविरुद्ध नाइट राइडर्सको अन्तिम जित सन् २०१२ मा भएको थियो ।

शुक्रबार घरेलु मैदानमा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । कोलकाता १९.५ ओभरमा १६९ रनमा अलआउट भयो । जवाफमा मुम्बई १८.५ ओभरमा १४५ रनमा अलआउट भयो ।

कोलकाताका मिचेल स्टार्कले ४ विकेट लिए भने वेंकटेश अय्यरले ५२ बलमा ७० रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

केकेआरका तर्फबाट वेंकटेश अय्यरको अर्धशतक बाहेक मनिष पाण्डेले ३१ बलमा ४२ रन बनाए । मुम्बईका नुवान थुसारा र जसप्रित बुमराहले ३–३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट लिए । एक विकेट पियुष चावलाले लिए ।

एमआईका लागि सूर्यकुमार यादवले ३५ बलमा ५६ रनको अर्धशतक खेले । स्टार्कका अलावा वरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोलीले पावरप्लेमा ४६ रन बनाउदै शीर्ष ३ विकेट गुमाएको थियो । इशान किशन १३ रन, रोहित शर्मा ११ र नमन धीर ११ रन बनाएर आउट भए । सूर्य एकातर्फ उभिए र अर्को तर्फबाट विकेट झर्दै गयो । तिलक वर्मा ४, नेहल वढेरा ६ र कप्तान हार्दिक पाण्ड्या १ रन बनाएर आउट भए । सूर्यले सातौं विकेटका लागि टिम डेभिडसँग ४९ रनको साझेदारी गरे ।