२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरको लगातार तेस्रो जित, प्लेअफको सम्भावना कायमै



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल–२०२४ मा लगातार तेस्रो जित हात पारेको छ ।

टोलीले चालू सिजनको ५२औं खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गरेको हो । यो जितसँगै बैंगलोरले प्लेअफको सम्भावना जीवितै राखेको छ ।

एम चिन्नास्वामी स्टेडियममा शनिबार भएको खेलमा बैंगलोरले टस जितेर बलिङ रोजेको थियो । गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंगलोरले १३.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । खेलको प्लेयर अफ द म्याच मोहम्मद सिराज भए । उनले २९ रनमा २ विकेट लिए ।

जीटीबाट राहुल तेवाटिया ३५ रन, डेभिड मिलर ३० रन, शाहरुख खान ३७ रन बनाएर आउट भए । राशिद खानले १८ रन बनाए । बैंगलोरका मोहम्मद सिराज, विजयकुमार वैशाख र यश दयालले २–२ विकेट लिए ।

आरसीबीका कप्तान फाफ डु प्लेसिसले २३ बलमा ६४ रन बनाए भने विराट कोहलीले २७ बलमा ४२ रन बनाए । दुबैले ९२ रनको ओपनिङ पार्टनरसिप गरे । गुजरातका जोसुवा लिटिलले ४ विकेट लिए भने नूर अहमदले २ विकेट लिए ।




भर्खरै