२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि…



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका विराट कोहली र दिनेश कार्तिकले गुजरात टाइटन्सविरुद्धको खेलपछि फ्यानहरूलाई खुसीको क्षण दिएका छन् ।

कोहलीले गुजरातविरुद्ध २७ बलमा ४२ रनको इनिङ खेले र आईपीएल २०२४ मा सर्वाधिक रन बनाउने खेलाडीको अग्रपङ्तिमा रहे ।

कोहलीले ११ खेलमा ६७.७५ को औसतमा ५४२ रन बनाएका छन्, जसमा एक शतक र चार अर्धशतक समावेश छ । कोहलीले ५०९ रन बनाएका रुतुराज गायकवाडलाई पछि पारे ।

खेल सकिएपछि ब्रोडकास्ट टोलीसँग कुरा गर्नुअघि दिनेश कार्तिकले विराट कोहलीलाई ओरेन्ज क्याप हस्तान्तरण गरेका थिए ।

विराट कोहलीले क्याप लगाएर मुटुमा हात राखेर शिर निहुराएर कार्तिकलाई सम्मान गरेका थिए । त्यसपछि कोहली मुस्कुराउँदै त्यहाँबाट गए । फ्यानहरूले यो पललाई धेरै मन पराए र यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

रोयल च्यालेन्जर्स बैंगलोरले शनिबार गुजरात टाइटन्सलाई घरेलु मैदानमा पराजित गर्दै प्लेअफ पुग्ने आफ्नो आशा जीवित राखेको छ । एम चिन्नास्वामी रंगशालामा भएको खेलमा गुजरात टाइटन्सले पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा १४७ रन बनाएर अलआउट भएको थियो । जवाफमा आरसीबीले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।