२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दावा छिरिङको होटेल भियनामा सीआईबीको छापा



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा हिरासतमा रहेका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङको लगानी रहेको होटेल भियनामा सीआईबीले छापा मारेको छ ।

हुण्डी कारोबार भएको आशंकामा सीआईबीले होटेल भियनामा छापा मारेको बताइएको छ । यसअघि पनि प्रहरी र राजश्व अनुसन्धान विभागले उक्त होटलमा छुट्टाछुट्टै छापा मार्दै आएका थिए ।

दावा हाल सुन तस्करी प्रकरणमा पुर्पक्षमा थुनामा रहेका छन् । दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले रोल्पाकी रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ । फरार रहेकी रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।