८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन



अ+ अ-

काठमाडौँ । पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलवार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनु भयो । उहाँले सरकारमा आफूहरु रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताउनु भयो । वर्तमान सत्ता गठबन्धनको जग आफूहरुले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरु प्रतिवद्ध रहेको प्रवक्ता सुमनको भनाई थियो । उहाँले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजै पनि हाम्रो केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवजीले सम्माननीय प्रधानमन्त्रीज्युसँग बिहान बालुवाटारमा भेट भएको हो । भेटघाटको सन्दर्भमा हाम्रो केन्द्रिय अध्यक्षजीले पनि भन्नुभएको हो–तपाईलाई केही अपm्ठयारो छ कि ? केही अपm्ठयारो छ भन्ने भनिदिनुस् हामी मार्ग प्रशस्त गरिदिन्छांै भन्दा उहाँले होइन मलाई केही पनि अपm्ठयारो छैन । ठिक छ भनेपछि । तपाईहरुको साथ समर्थन हामीलाई रहिरहोस् भनेर उहाँले फेरि पुनर्ताजगी गर्नुभयो ।

जनता समाजवादी पार्टीको तर्फबाट पनि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको समर्थन निरन्तर रहनेछ । हामी सरकारमा छँदै थियो । फागुन ११ गते १० बुँदे एउटा कागजमा ४ पार्टीले एउटा हस्ताक्षर गरेर जग हालेको छौँ । त्यही गठबन्धन अहिलेसम्म चलिरहेको छ । ७ जना सांसदहरुले हाम्रो पार्टी फुटाउँछौ भनेर गए । फुटाएर गए । हामी त सँगै छौं । हामी सरकारसँगै छौं । बरु फुटेर जानेहरु टुट्न सक्छन् । हामी त छँदैछौं ।’

अध्यक्ष यादवले पार्टीका ७ जना सांसदहरुले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारेबारे मंगलवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्ताहरुसँग अनौपचारिक छलफल गरिरहनुभएको छ । प्रवक्ता सुमनले वैशाख २६ गते (भोलि) बुधवार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।