८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गर्नुभयो । उहाँले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताउनु भयो ।

उहाँले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताउनु भयो । उहाँले संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निरन्तर प्रक्रिया हो । समस्याहरु आइरहन्छन् । समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ । समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुन्छ । कतिपय संसदबाट पनि हुन्छ । आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ । शंका गर्नुपर्ने आधार देखेको छैन ।

संसदलाई समस्या समाधानको थलो बनाउनुपर्छ । अवरोधको थलोमा लैजानु हुँदैन । यसमा सबै राजनीतिक दलहरु सचेत हुनुहुन्छ । संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुन्छ । आउँदा दिनमा दलहरु गम्भीर हुनेछन् । समस्याको समाधान दलबाट निकाल्दै संसद अघि लैजान प्रभावकारी रुपमा लैजानुहुन्छ । अवरोध हटाउन सबैको आफ्नो आफ्नो भुमिका हुन्छ ।’

सभामुख घिमिरेले संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुने र आउँदा दिनमा दलहरु गम्भीर हुनुपर्ने बताउनु भयो ।