५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री श्रेष्ठद्वारा दशरथ रंगशालाको निरीक्षण



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गर्नुभएको छ ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गर्नुभएको हो । सो क्रममा मन्त्री श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) का सदस्यसचिव टंकलाल घिसिङले पनि रंगशालाको आवश्यक मापदण्डबारे आफूहरूलाई एन्फाले जानकारी नगराएको उल्लेख गर्नुभयो ।

साथै सरकार या खेलकुदको प्रशासकीय निकाय राखेप र प्रतिनिधि मण्डलबीच एन्फाले छलफल नगराएको पनि राखेपले आरोप लगाएको छ । दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर एएफसी प्रतिनिधिले केही समयअगाडि दशरथ रंगशालाको निरीक्षण गर्दै त्यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुन अयोग्य रहेको रिपोर्ट प्रश्तुत गरेका थिए ।

केही दिन अगाडि मात्र एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न दशथ रंगशाला अयोग्य रहेको पत्रचार गरेको थियो । त्यससँगै विश्वकप छनोटचरणमा बहराइनसँगको घरेलु मैदानमा खेल गुमाएको नेपालले संयुक्त अरब इमिरेट्स (युएई ) सँग पनि ‘होम म्याच’ गुमाउने भय बढेको छ ।

मन्त्री श्रेष्ठले एन्फा र राखेपबीच समन्वयनको अभाव देखिएको र तीमध्ये फ्लट लाइटमा केही समस्या आएको उल्लेख गरे । यी आवश्यक पक्ष सुधार गर्दै पाँच दिन भित्र रिपोर्ट बुझाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको मन्त्री श्रेष्ठले बताउनु भयो ।

फिफा र एएफसीको मापदण्डअनुरूप स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाकसन प्लान, कलर कोडेड प्लोर प्लान डाइग्रम र रिस्क एनालाइसिस स्पेसिफिक प्लान टु द स्टियमम बारे एन्फाले पालना गर्नुपर्ने रिपोर्टमा प्रश्तुत गरिएको थियो । एएफसीले पनि सोही कुरा एन्फालाई पत्रचार गरेको हो ।