२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

दुवैको सिजनको यो १२ औं खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ६ मा जित र ५ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण हैदराबाद चौथो स्थानमा र लखनउ पाँचौं स्थानमा छ । आजको खेल जित्ने टोलीको प्लेअफको सम्भावना बढ्नेछ ।

आईपीएलमा हैदरावादले अहिलेसम्म लखनउलाई हराउन सकेको छैन । हैदरावाद र लखनउबीच लिगमा हालसम्म ३ खेल भएका छन् । लखनउले सबै तीनै खेल जितेको छ ।

यस सिजन हैदरावादका ब्याट्सम्यान राम्रो लयमा छन् । तीन ब्याट्सम्यानले तीन सयभन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा छन् । हेड ४ सय ४४ रन बनाएर टिमका सर्वाधिक स्कोरर हुन् । बलरमा टी नटराजन र कप्तान प्याट कमिन्सले राम्रो प्रदर्शन गरिरहेका छन् । नटराजन १५ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

लखनउमा कप्तान केएल राहुल बाहेक मार्कस स्टोइनिस र निकोलस पूरनले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । तीनै जनाको नाममा ३०० भन्दा बढी रन छन् । राहुलले ११ खेलमा ४३१ रन बनाएका छन्, उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । बलिङमा यश ठाकुर शीर्ष स्थानमा छन् । उनले ११ विकेट लिएका छन् ।




भर्खरै