२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक



अ+ अ-

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् ।

हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा शुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ । इजिप्टको कायरोमा बिहीवार इजरायल र हमासबीचको युद्धविरामको वार्ता असफल भएपछि इजरायलले प्यालेस्टिनी शहर रफाहमा आक्रमणलाई तिब्र पारेको छ ।

यसअघि शनिवार इजरायली सेनाले पूर्वी रफाहमा रहेका प्यालेस्टाइनी बासिन्दाहरूलाई ती क्षेत्रहरूमा हमास लडाकुहरूलाई लक्षित गर्दै आगामी सैन्य कारबाहीहरू उद्धृत गर्दै थप खाली गर्न आदेश दिएको थियो ।