२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२४ मा लगातार पाँचौं जित हासिल गरेको छ । टोलीले चालू सिजनको ६२औं खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको हो ।

यो जितसँगै आरसीबीले प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । टोली १२ अंकसहित पाँचौं स्थानमा छ । योसँगै दिल्ली छैटौं नम्बरमा पुगेको छ ।

एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । बैंगलोरले घरेलु मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । खेलको प्लेयर अफ द म्याच क्यामरुन ग्रीन भए । उनले ३२ रनको अविजित इनिङ खेले । एक विकेट पनि लिए ।

आरसीबीका लागि रजत पाटीदारले ३२ बलमा ५२ रनको अर्धशतक बनाए भने विल ज्याकले ४१ रन बनाए । विराट कोहलीले २७ रन बनाए । क्यामरन ग्रीनले ३२ रनको अविजित इनिङ्स खेले । दिल्लीका खलिल अहमद र रसिख सलामले २–२ विकेट लिए । इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक–एक विकेट लिए ।

डिसीका कप्तान अक्षर पटेलले ५७ रनको इनिङ खेले । साई होप २९ रन बनाएर आउट भए भने ज्याक फ्रेजर–मगार्क २१ रन बनाएर आउट भए । आरसीबीका यश दयालले ३ तथा लोकी फर्गुसनले २ विकेट लिए । सपनिल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रीनले एक–एक विकेट लिए । २ ब्याट्सम्यान रनआउट भए ।

आजको खेलः गुजरात टाइटन्स भर्सेस कोलकाता नाइट राइडर्स – साँझ ७ः४५ बजे