२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा कन्नड टेलिभिजन अभिनेत्रीको मृत्यु



अ+ अ-

एजेन्सी । चर्चित कन्नड तथा तेलुगु टिभी अभिनेत्री पवित्रा जयरामको सडक दुर्घटनामा मृत्यु भएको छ ।

पवित्रा बेंगलुरुबाट हैदरावाद जाँदै गर्दा उनको कार नियन्त्रण बाहिर गएर पहिले डिभाइडरमा ठोक्कियो र त्यसपछि बसले उनको कारलाई ठक्कर दियो । दुर्घटनामा पवित्राको घटनास्थलमै मृत्यु भएको थियो ।

उनका काका र चालक गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार राति १ बजे महबुबनगर जिल्ला नजिक यो दुर्घटना भएको हो ।

दुर्घटनाका कारण साउथ फिल्म उद्योग स्तब्ध भएको छ । अभिनेता समिप आचार्यले पवित्राको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पवित्राले कन्नड टिभी उद्योगको सिरियल ‘जोकाली’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । २०१८ मा, उनले तेलुगु टिभी उद्योगमा ‘निन्ने पेल्लादथा’शो बाट डेब्यु गरेकी थिइन् । उनले टिभी सिरियल तिलोत्तमाबाट घरेलु पहिचान पाएकी थिइन् । पवित्रा धेरै कन्नड टेलिभिजन शृंखलाका लागि परिचित थिइन् । यस बाहेक उनले धेरै भाषाका टिभी शो र फिल्महरूमा पनि काम गरिन् ।