२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

गएराति एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा दुबै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

हार्भी इलिओटले क्रस गरेको बल भिल्लाको डिफेन्डरलाई लागेर गोलकिपर इमिलियानो मार्टिनेजको हातमा पुगेको थियो । मार्टिनेजले बल फुत्काउँदै आत्मघाती गोल गर्न पुगे । यता, १२ औं मिनेटमा योरी टिलेमान्सले गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए ।

२३ औं मिनेटमा कोडी गाक्पो र ४८ औं मिनेटमा जारेल एमोरिन क्वान्शाहले गोल गर्दा लिभरपुल ३–१ गोलले अघि रह्यो । तर, ८५ औं र ८८ औं मिनेटमा जोन डुरान एक्लैले दुई गोल गर्दै भिल्लालाई ३–३ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यो नतिजासँगै लिभरपुल ३७ खेलबाट ७९ अंकका साथ तेस्रो स्थानमा तथा ६८ अंकका साथ एस्टन भिल्ला चौंथो स्थानमा छ ।