२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन् ।

हिजो साँझ वर्षासँगै आएको आँधीपछि इन्धन स्टेशनमा १५ हजार वर्गफिटको ठूलो विज्ञापन होर्डिङ बोर्ड ढलेर च्यापिँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) ले फसेकाहरूको लागि रातभर उद्धार गरेको थियो । घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन् ।

यसैबीच राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकरले मुम्बईको घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै होर्डिङ भत्किँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।