२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्लेअफअघि नै इंग्ल्याण्ड फर्किए राजस्थानका बटलरसहित अन्य टिमका स्टार खेलाडी



अ+ अ-

एजेन्सी । पञ्जाब किंग्सका अलराउन्डर लियाम लिभिङस्टोन अर्को महिना हुने टी–२० विश्वकपअघि घुँडाको चोटबाट निको भएर सोमबार इंग्ल्याण्ड फर्किएका छन् ।

लिभिङस्टोन बाहेक, जोस बटलर (राजस्थान रोयल्स), विल ज्याक र रीस टोपले (रोयल च्यालेन्जर्स बैंगलोर) पनि मे २२ मा पाकिस्तानविरुद्ध सुरु हुने टी–२० शृङ्खलाअघि इंग्ल्याण्ड टोलीमा सामेल हुन आईपीएल छोडेका छन् ।

यद्यपि, पञ्जाब किंग्स १२ खेलमा चार जित हात पार्दै आईपीएल प्लेअफको दौडबाट बाहिर छ । लिभिङस्टोनले इन्स्टाग्राममा लेखेका छन्, ‘आईपीएलको अर्को वर्ष, आगामी विश्वकपका लागि मेरो घुँडा फिक्स गर्नुपर्नेछ । पञ्जाब किंग्सका फ्यानहरूलाई उनीहरूको माया र समर्थनको लागि फेरि पनि धन्यवाद ।’

राजस्थान भने प्लेअफमा पुग्ने लगभग पक्का छ । पाकिस्तानविरुद्धको शृङ्खलापछि साविक विजेता इंग्ल्याण्डको टोली आइसीसी टी–२० विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्ने छ, जहाँ उसले जुन ४ मा स्कटल्याण्डविरुद्ध बार्बाडोसको ब्रिजटाउनमा आफ्नो विश्वकपको यात्रा सुरु गर्नेछ ।

आईपीएल खेल्ने इंग्ल्याण्डको विश्वकप टोलीमा रहेका मोइन अली (चेन्नई सुपर किंग्स), साम करन, जोनी बेयरस्टो (दुबै पञ्जाब किंग्स)र फिल साल्ट (कोलकाता नाइट राइडर्स) पनि चाँडै स्वदेश फर्कनेछन् ।




भर्खरै