२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाका ज्योतिषीले भने– सन्दीप लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्यातिषी सुरेशचन्द्र रिजालले जबरजस्ती करणीको अभियोगमा दोषी ठहर भई ८ वर्षको कैद सजाय पाएका क्रिकेट सन्दीप लामिछानेको फैसला उल्टिने दाबी गरेका छन् ।

लामिछानेविरुद्धको मुद्दाको आज उच्च अदालत पाटनले फैसला सुनाउँदै छ । ज्योतिषी रिजालले लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् लामिछानेको फैसला उल्टिने बक्रदृष्टि ग्रहयोग परेको छ भनेर भविष्यवाणि गरेकै कारण मंगलबार फैसला हेर्दाहेर्दैमा ाखिएपछि उनका विपक्षीहरुले फोन तथा सामाजिक सञ्जालबाट निकै धम्कीपूण दबाब दिइरहेको बताएका छन् । सत्यको जित अवश्य हुन्छ पनि उनले भनेका छन् ।

जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते लामिछानेले काल्पनिक नाम गौशाला २६ रहेकी युवतीलाई जबरजस्ती करणी गरेको ठहर गर्दै ८ वर्ष कैद र ५ लाखको जरिवानाको फैसला गरेको थियो ।

सो फैसला लगत्तै पनि ज्योतिजी रिजालले वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय भएकोले छिट्टै फैसला उल्टने संकेत रहेको बताएका थिए ।

ज्योतिजी रिजाल कांग्रेस सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका थिए ।