२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिस कोरका एसोसिएट डाइरेक्टर डेभिड ई. ह्वाइट जुनियर नेपाल भ्रमणमा



अ+ अ-

काठमाडौँ – पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरी स्थापनाकालदेखि नै पिस कोर कार्यक्रमलाई उहाँहरूले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुहुनेछ ।

साथै, उहाँले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्नुहुनेछ । उपनिर्देशक ह्वाइट भर्खरै आइपुगेका १० जना पिस कोर रेस्पोन्स भोलेन्टियरहरूको शपथ ग्रहण समारोहमा पनि सहभागी हुनुहुनेछ । नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो नै पहिलो समूह हो ।

पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकहरूलाई अल्पकालीन (उदाहरणका लागि नौदेखि बाह्र महिना) अवधिका, उच्च-प्रभाव दिने खालका कामहरू पुरा गर्नतर्फ लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा पठाउँछ ।

भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नुहुनेछ । नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनाहरूमा काम गर्दछन् ।  समुदायसँग प्रभावकारी रूपमा सञ्‍चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्छन् ।

हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवकहरू कार्यरत छन् । उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन् । शपथ ग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको सङ्ख्या ५० पुग्ने भएको छ ।

सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलो पटक आफ्नो कार्यसञ्चालन स्थापना गरेको थियो र त्यसयता झन्डै ४,००० अमेरिकी नागरिकहरूले नेपालमा विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन् ।