२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा काँग्रेसको बिरोध कायमै, शुक्रवारसम्मका लागि बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध गरेपछि बिहीवारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

बैठक शुक्रवार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक शुरु भएपछि सभाको कारबाही प्रश्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएका थिए । काँग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गर्नुभएको हो । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा शुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको ६ वर्ष पूरा भएर ७ औं वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थाल्यो । यसले अलि अफ्ठ्यारो पनि भइरहेको छ । सबैलाई यो अफ्ठ्यारो भइरहेको छ । बाहिर पनि नयाँ नयाँ चर्चा परिचर्चा चलिरहेको स्थिति छ । मान्य सदस्यहरुले जुन विषयवस्तु उठाइरहनुभएको छ, यसमा सरकारको ध्यानाकर्षण भएको छ जस्तो लाग्छ, गृहकार्य पनि भइरहेको छ । जिम्मेवार ठाउँमा बसेका हामीले अध्यादेश आइसकेपछि पहिलो दिन नै पेश गर्नुपर्ने, कामकारबाही अघि बढाउनुपर्ने त्यो काम पनि रोकिएको छ । नेपालको सिंगो संसदीय इतिहासमा स्म्माननीय राष्ट्रपतज्यिुले सम्बोधन गरेको विषयलाई त्यसकै सानो अंश धन्यवाद दिनुपर्ने कुरा पनि दिन पाएका छैनौँ । यसले बाहिर सन्देश कस्तो गएको छ, त्यो अनुमान गर्नुभएकै छ । यसले गम्भीर बनाएको छ ।’

अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल