२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस दिशामा अमलाको रुख रोप्नुहोस्, घरमा लक्ष्मीको आगमन हुनेछ



अ+ अ-

एजेन्सी । हिन्दू धर्ममा धेरै रुख र बोटबिरुवाको ठूलो महत्व छ । ती मध्ये एक हो अमलाको रुख । शास्त्रका अनुसार अमलाको रुखमा विश्व रचयिता भगवान विष्णुको वास रहेको छ ।

जुन घरमा अमलाको रुख हुन्छ । त्यस घरको परिवारमा सुख–समृद्धि हुन्छ र धनको पनि वृद्धि हुन्छ । यस्तो अवस्थामा अमलाको रुख कुन दिशामा लगाउनु राम्रो हुन्छ र यसले प्रदान गर्ने फाइदाहरू बारे जानौं ।

वास्तुशास्त्र अनुसार घरको उत्तर वा पूर्व दिशामा अमलाको रुख लगाउनु शुभ मानिन्छ । यो रुख रोप्दा व्यक्तिलाई विशेष फाइदा हुन्छ । यस रुखको दैनिक पूजा गरी जल दिनाले घरमा देवी–देवताको वास हुन्छ ।

वास्तु शास्त्रका अनुसार घरमा अमलाको रुख रोप्दा घरबाट नकारात्मक उर्जा हट्छ र धनको अपार वृद्धि हुन्छ । यससँगै धनकी देवी लक्ष्मीको आगमन हुन्छ ।

बिहीबार र शुक्रबार अमलाको रुख रोप्नका लागि शुभ दिन मानिन्छ ।

अमलाको रुखको तल्लो भागमा ब्रह्मा, बीचको भागमा श्रीहरि र खोडमा देवता महादेवको वास रहेको धार्मिक विश्वास छ ।

दाम्पत्य जीवनमा कुनै प्रकारको समस्या छ भने अमला एकादशीको दिन अमलाको रुखको हाँगामा धागो बाँध्नुहोस् । यसपछि दीप प्रज्वलन गरी आरती गर्नुहोस्
। यसो गर्नाले दाम्पत्य जीवन सधै सुखी रहने जनविश्वास छ ।