२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ : नेपालमा आफ्नो सेवाको सुरुवातअघि दश जना पिस कोर रेस्पोन्स स्वयंसेवकले पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर, अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् । नेपालमा सेवा गर्ने यो हालसम्म कै पहिलो रेस्पोन्स स्वयंसेवक समूह हो । पिस कोर रेस्पोन्स कार्यक्रमले नेपाल सरकारद्वारा पहिचान गरिएका अल्पकालीन (जस्तै, नौदेखि बाह्र महिना) अवधिका तर उच्च प्रभाव हुने सेवा कार्यहरू सम्पन्न गर्नप्रति लक्षित अनुभव भएका अमेरिकी नागरिक स्वयंसेवकहरू भित्र्याउँछ ।

यी नयाँ रेस्पोन्स स्वयंसेवकहरूले तीन क्षेत्रमा सेवा गर्नेछन् – गण्डकी प्रदेशमा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने, बागमती र गण्डकी प्रदेशमा सरकारी विद्यालयका सूचना प्रविधि तथा ई-सिकाइ पहलहरूलाई टेवा पुर्‍याउने र गण्डकी तथा लुम्बिनी प्रदेशमा कृषि कलेजहरूका शोधसम्बन्धी क्रियाकलापमा सुधार ल्याउने । रेस्पोन्स स्वयंसेवकहरूले स्थानीय रूपमा प्राथमिकतामा परेका र सम्बन्ध निर्माण गर्ने, ज्ञानको आदानप्रदानलाई बढवा दिने र दिगो तथा मापनीय प्रभाव पार्ने परियोजनाहरूमा आफ्ना आतिथेय संस्था र सामुदायिक सदस्यहरूसँग सहकार्य गर्नेछन् ।

“यो पिस कोर रेस्पोन्स कार्यक्रमको सुरुवात हो जुन कार्यक्रमअन्तर्गत बढी अनुभवी अमेरिकी नागरिक स्वयंसेवकहरूले नेपाल सरकारमा रहेका हाम्रा साझेदारहरूद्वारा अभिव्यक्त निश्चित आवश्यकताहरूलाई सम्बोधन गर्नेछन्,” राजदूत थम्पसनले भन्नुभयो । परम्परागत दुई-वर्षीय स्वयंसेवक कार्यक्रममा जस्तै, पिस कोर रेस्पोन्स स्वयंसेवकहरू पनि आफ्ना समुदायमा समायोजित हुनु, सम्बन्ध निर्माण गर्नु र नेपालमा अमेरिकाका अनुकरणीय प्रतिनिधि बन्नु आवश्यक छ ।

यी दश रेस्पोन्स स्वयंसेवकहरू सन् १९६२ मा नेपाल र अमेरिकाका सरकारहरूले नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरेयता नेपालमा सेवा गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिनेछन् । यो नयाँ समूहसँगै, हाल नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकको कुल सङ्ख्या ५० पुगेको छ ।