२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरलाई भारतीय टोलीको मुख्य प्रशिक्षक बन्न आग्रह गरेको छ ।

ईएसपीएन क्रिकइन्फोका अनुसार बीसीसीआईले गम्भीरलाई टोलीको मुख्य प्रशिक्षक बन्न चाहेको हो कि होइन भनेर सोधेको छ ।

आईपीएल २०२४ को समाप्ति पछि थप छलफल अपेक्षित छ । गम्भीर यस सिजन केकेआरका मेन्टर हुन् । उनको टोली अंक तालिकाको शीर्ष स्थानमा छ र प्लेअफमा छनोट भएको छ ।

राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ ।

बीसीसीआईले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको छ । बोर्डले सोमबार राति नै उम्मेदवारको विज्ञापन जारी गरेको थियो । उम्मेदवारहरूले मे २७ बेलुकी ६ बजेसम्म आवेदन दिन सक्नेछन् ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा कोचिङको अनुभव छैन, उनी दुई आईपीएल फ्रेन्चाइजीमा कोचिङ स्टाफको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी आईपीएल २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए । २०२४ सिजनमा उनी केकेआर मा सामेल भए । गम्भीरले एलएसजीमा बसेको पहिलो दुई सत्रमा टोलीलाई प्लेअफमा पुर्‍याएका थिए । योसँगै केकेआर पनि यो सिजन प्लेअफमा छनोट भएको छ ।

एक खेलाडीको रूपमा, गम्भीरले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेको हिस्सा थिए । उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सत्रहरूमा केकेआरको कप्तानी गरे, र टोली पाँच पटक प्लेअफका लागि छनोट भयो । कप्तानको रूपमा उनले २०१२ र २०१४ मा दुई उपाधि जितेका थिए ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब भारत टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको थियो । टोलीले फेरि २०२२ को टी–२० विश्वकपमा सेमिफाइनल खेलेको थियो । सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर भारत फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म थपिएको थियो ।

द्रविडको कोचिङमा टीम इन्डियाको एक मात्र सफलता सन् २०२३ को एसिया कपको रूपमा आएको थियो । आयोजक श्रीलंकालाई हराउँदै भारतले उपाधि जितेको थियो ।