२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले



अ+ अ-

काठमाडौँ । यसअघि नै जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेको बायर लिभरकुसेनले लिगको अन्तिम खेलमा जित निकाल्दै अपराजित रहेर कीर्तिमान राखेको छ ।

गएराति भएको खेलमा लिभरकुसेनले घरेलु मैदानमा अग्सवर्गलाई २–१ गोलले पराजित गर्यो ।

घरेलु टोलीलाई जित दिलाउन भिक्टर बोनिफेसले १२ औं तथा रोबर्ट एन्ड्रीचले २७ औं मिनेटमा गोल गरे । अग्सवर्गका मेर्ट कोमुरले एक गोल फर्काए ।

लिभरकुसेन सिजनको अन्त्यसम्म आइपुग्दा ३४ खेलमा २८ जित र ६ बराबरीसहित ९० अंकमा लिगको अन्त्य गर्यो । ८९ गोल गर्दा २४ गोल खायो । समग्रमा टोली ५१ खेलमा अपराजित रहेको छ ।