२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल)खेलिनेछ। आजको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ । गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

आज राजस्थानसँग दोस्रो स्थानमा रहिरहन मौका छ । टोली १६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । उता हैदराबाद पनि १५ अंकसहित तेस्रो स्थानमा छ । हैदराबादले दिउँसो ३:४५ बजे पञ्जाबसँग खेल्दैछ ।

हेड टु हेड

कोलकाता र राजस्थानबीच आईपीएलमा हालसम्म जम्मा २९ खेल खेलिएका छन् । जसमध्ये दुवै टोलीले १४–१४ खेल जितेका छन् भने एउटा खेल नतिजाविहीन रहेको छ । यी दुई टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । पहिलो खेलमा राजस्थान २ विकेटले विजयी भएको थियो ।

पछिल्लो २ खेलमा राजस्थानको टोलीले १५० रनको अंक पार गर्न सकेको छैन । टोलीका स्टार ब्याट्सम्यान जोस बटलर राष्ट्रिय जिम्मेवारी पूरा गरी इंग्ल्याण्ड फर्किएका छन् । यो सँगै टोलीका शीर्ष तीन ब्याट्सम्यान यशस्वी जैसवाल, सञ्जु सैमसन र रायन परागले ब्याटिङ अर्डरको जिम्मेवारी सम्हाल्नेछन् ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीप शर्मा, ट्रेट बोल्ट र आवेश खानले लगातार राम्रो बलिङ गरेका छन् । योसँगै युजवेन्द्र चहलले १३ खेलमा १७ विकेट लिएर स्पिन विभागलाई सम्हालेका छन् ।

केकेआर १९ अंकसहित शीर्ष स्थानमा छ । टोली जितको गतिलाई निरन्तरता दिन चाहन्छ । इनफर्ममा रहेका ओपनिङ ब्याट्सम्यान फिल साल्ट इंग्ल्याण्ड फर्किएकाले आगामी खेलमा सहभागी हुने छैनन्। केकेआरका लागि सुनिल नारायण र साल्टको जोडीले १८२ भन्दा बढीको स्ट्राइक रेटमा सात अर्धशतक र एक शतकसहित ८९७ रन बनाएका छन्।

साल्टको स्थानमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुरबाज फर्किने सम्भावना छ । गुरबाजले २०२३ सिजनमा ११ खेल खेलेका थिए । तर उनले यो सिजन एक खेल पनि खेल्ने मौका पाएका छैनन् । ब्याटिङको जिम्मेवारी कप्तान श्रेयस अय्यर, रिंकु सिंह र आन्द्रे रसेलको अन्तिम जोडीमा हुनेछ।

बलिङमा वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गर्दै १२ खेलमा १८ विकेट लिएका छन् ।

राजस्थान रोयल्सको सम्भावित प्लेइलेभन:

यशस्वी जैसवाल, टम कोहलर(क्याडमोर, सञ्जु सैमसन (कप्तान), रियान पराग, ध्रुव जुरेल, रोभमान पावेल, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा, आवेश खान र युजवेन्द्र चहल।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेइलेभन:

रहमानउल्लाह गुरबाज (विकेटकीपर), सुनील नारायण, वेंकटेश अय्यर, श्रेयस अय्यर (कप्तान), रिंकु सिंह, नितिश राना, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, हर्षित राना र वरुण चक्रवर्ती।