२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आरोप लगाउँदैमा दोषी करार गर्ने ढंगले काँग्रेसले प्रस्ताव ल्याएको मान्य नहुने प्रतिक्रिया दिएका छन् ।

आईतवार दिनभर बसेको संसदीय छानविन समितिको कार्य क्षेत्रको विषयमा सहमती जुटाउने बसेको कार्य दलको बैठकपछि बोल्दै खनालले आरोप लाग्दैमा पार्टीका सभापति रवि लामिछानेलाई दोषी करार गर्ने खालको प्रस्ताव काँग्रेसले गरेको भन्दै मान्यता नहुने बताउनु भयो ।

सांसद खनालले भन्नुभयो, ‘हामी बिहानदेखि नै छलफलमा छौं । सकेसम्म हिजोको स्पिरिटमा मिलाएर जाऔ हिजो भएको शिर्ष दलका नेताहरुको सहमतीअनुसार भन्नेमा छौं । अहिलेसम्म हामी मोटामोटी हिसावले भन्दा आआफ्नो अडानमा छौं हामी । अब हामीले शुरुदेखि नै उठाईरहेको पार्टी सभापतिमाथि उठेका प्रश्नको जवाफ संसदबाटै दिन पाउनुपर्छ भन्ने कुरा हाम्रो यथावत नै छ । आजको दिनमा कुनै एउटा व्यक्तिलाई दोषी करार गरेर त्यसैमाथि मात्रै छानविन गर्नुपर्छ भन्ने कुरा न्याय सम्मत हुँदैन भन्ने हाम्रो बुझाई छ ।’

‘र हामी जसरी देशभर लाखौं बचतकर्ताहरुको बचत समस्यामा छ । त्यसको पनि समाधानमुखि बाटोमा संसदीय समिति जाओस् भन्ने मागमा हामी छौं । उहाँहरुले जुन भाषा प्रयोग गर्नुभएको छ । त्यसमा पार्टी सभापतिलाई दोषी करार गरेजस्तो देखिएको छ । त्यो आरोपलाई नै दोष मान्न मिल्दैन । छानविनले भोलि के गर्ला, त्यसमा हामी ओपननै छौं । त्यसमा हाम्रो पार्टी सभापतिले पनि भन्नुभएको छ–दोषी प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । तर आजको दिनमा संसदीय छानविन समितिको टिओआर बनाउँदा नै त फलानोफलानो दोषी होस । फलानोफलानोलाई छानविन गर भन्ने किसिमको भन्ने किसिमको जुन प्रस्ताव आएको छ । त्यसमा हाम्रो असहमती छ । तर यसलाई मिलन विन्दुमा ल्याउने प्रयासमा हामी लागिरहेका छौं ।’

प्रमुख दलका शिर्ष नेताहरुले सहकारी प्रकरण छानविनका लागि संसदीय समिति बनाउन सहमत भएपछि त्यसको टिओआर तय गर्न सो कार्यदलमा छलफल गरिएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजकत्वमा रहेको सो कार्यदलमा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्र्ताैला, राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल रहनुभएको छ ।