२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल



अ+ अ-

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर जसो नेपाली संगीतले गुञ्जायमान बन्यो ।

नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिसहरु आआफ्नै भेषभुषामा उपस्थित भएका थिए । पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका व्यानरसहित नेपाली र नेपाली अमेरिकनहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।

न्यूयोर्क शहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्यूयोर्क राज्यका सांसद स्टेभन रागालगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा पर्यटकहरुले विशेष रुचीका साथ अवलोकन गरेका थिए ।

नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन शहरलाई नेपालमय बनाएको थियो । नेपाली पोशाक, झण्डा र व्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी आयोजना गरिएको सभामा नेपाली महावाणिज्य दुतावास न्यूयोर्ककी वाणिज्य दुत विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवद्र्धक एवम् पत्रकार गोकुल श्रेष्ठ, उपवाणिज्य दूत संगीता न्यौपानेलगायतको विशेष आतिथ्यता रहेको थियो ।

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरुले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्यि भाव प्रकट गरेका थिए । दुई हजार भन्दा बढि नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उपस्थिति रहेको कार्यक्रमले अमेरिकामा नेपालीको उपस्थिति र एकतालाई झल्काएको थियो । त्यतिमात्र होइन सगरमाथाको देश नेपाल, बुद्ध जन्मेको भूमि मात्र होइन हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि परेडले दिएको थियो ।

परेडका लागि अध्यक्ष हेमन्त मल्ल रहनु भएको थियो भने ई. टेम्बा शेर्पालाई कन्भेनरको जिम्मेवारी दिईएको थियो । त्यस्तै पत्रकार, मोडल एवं म्यूजिक डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सात वटै प्रदेशका विशेष प्रतुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको आर्थिक संयोजन दिनदयाल भण्डारी दिनेशले गर्नुभएको हो ।