२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल



अ+ अ-

काठमाडौँ: इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’बारे छलफल कार्यक्रम आयोजना गरेको छ ।

श्रव्यदृश्यका माध्यमबाट मङ्गलबार आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवार, सार्क मुलुकका कूटनीतिज्ञ, विद्वत् वर्ग तथा विश्वविद्यालयका प्राज्ञको सहभागितामा भएको छलफलमा दक्षिण एसियाली मुलुकका चुनौतीबारे छलफल भएको थियो ।

सार्क राष्ट्रका खाद्य सुरक्षा, बढ्दो जनसङ्ख्या, प्राकृतिक विपत्ति, अन्तर क्षेत्रीय व्यापार घाटा, सम्पर्क सञ्जाल विस्तार, युवामाझ सांस्कृतिक सम्बन्ध विस्तारमा केन्द्रित रहेर सहभागीहरूले मन्तव्य व्यक्त गरेका यहाँस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

सहभागीहरूले सदस्य राष्ट्रहरूबीच आर्थिक सम्बन्ध विस्तार, व्यापार, क्षेत्रीय एकीकरण तथा सम्पर्क सञ्जाल विस्तार अपरिहार्य भएको भन्दै सार्क प्रक्रियालाई क्षेत्रीय सहयोगको जीवन्त मञ्चका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।