२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी



file
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवार लगायत सम्पूर्ण किराँत समुदायलाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति र समुदाय बीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘गर्मी छल्नजीवजन्तु तथा पशुपंक्षी बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमाकिराँत समुदायद्वारावैशाख शुक्ल पूर्णिमाको दिनपितृ र प्रकृति (भूमि)को पूजा गरी मनाइनेविशिष्ट चाड हो,उभौली पर्व । यो समय बालीनाली लगाउने बेला समेत भएकाले यस अवसरमालगाइएको अन्नबाली सप्रियोस्¸ रोगव्याधि नलागोस्¸ खडेरी¸ बाढी¸ पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआऊन् भनी भूमिपूजा तथा पितृपूजा गर्ने परम्परा रहेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले भौगोलिक, जातीय¸ भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति र समुदाय बीच आपसी एकता, सद्भाव¸ सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले उभौली पर्वले सम्पूर्ण नेपालीहरूलाई आपसमा एक भएर सभ्य¸ सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।