२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । प्रतिनिसभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्दै सभामुखले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले संसद विधिसंगत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्नु आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पुर्‍याउनु हुनेछ । संसदले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । संसदलाई विधिसङ्गत ढङगबाट छलफलको केन्द्र बनाऔं । त्यही अनुसार जानको लागि सम्पूर्ण माननिय सदस्यहरुलाई अनुरोध गर्दछु ।’

सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूचि हटाउँदै जेठ १३ गते आईतवार ११ बजे बैठक बस्नेगरी स्थगित गर्नुभयो ।