२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन



अ+ अ-

एजेन्सी । सीएसकेका सीईओ कासी विश्वनाथनले धोनीले अर्को सिजन पनि आईपीएल खेल्नेमा आशा रहेको बताएका छन् । एमएस धोनीको सन्यासको बारेमा विश्वनाथनले धोनीले सन्यास लिनेबारे आफूलाई थाहा नभएको बताएका छन् ।

चेन्नईको युट्युब च्यानलमा सोधिएको प्रश्नको जवाफमा विश्वनाथनले भने, ‘यो यस्तो प्रश्न हो जसको उत्तर धोनीले मात्र दिन सक्छन् । धोनीले लिएका निर्णयलाई हामीले सधैं सम्मान गरेका छौं, हामीले यो उहाँलाई छोडेका छौं।’

विश्वनाथनले थप भने, जसरी तपाई सबैलाई थाहा छ, उनले सधैं आफ्ना निर्णयहरू उपयुक्त समयमा घोषणा गरेका छन्। हामी धेरै आशावादी छौं कि धोनी अर्को वर्ष चेन्नईको लागि उपलब्ध हुनेछन्।

४३ वर्षिय धोनीले चालू सिजनका १४ खेलमा १६१ रन बनाएका छन् । उनले २२०.५४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । धोनीले सिजनमा १४ चौका र १३ छक्का प्रहार गरेका छन्।