२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभोर्सको खबरकाबीच न्यूयोर्क पुगे हार्दिक पाण्ड्या



अ+ अ-

एजेन्सी । कप्तान रोहित शर्मासहित धेरै भारतीय खेलाडी टी–२० विश्वकप २०२४ का लागि न्यूयोर्क पुगेका छन् । अहिले उपकप्तान हार्दिक पाण्ड्या पनि पुगेको खबरहरु आइरहेका छन् । हार्दिक टीम इन्डियासँग जान सकेनन् ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने पाण्ड्या आफ्नो व्यक्तिगत जीवनलाई लिएर निकै चिन्तित छन् । पाण्ड्या र नताशाको सम्बन्धविच्छेदको धेरै खबरहरु आएका छन् । तर, दुवैले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । पाण्ड्याले बंगलादेश विरुद्ध भारतका लागि अभ्यास खेल खेल्न सक्नेछन् ।

क्रिकबजको समाचार अनुसार हार्दिक पाण्ड्या आइतबार न्यूयोर्क पुगेका छन् । आईपीएल २०२४ पाण्ड्याका लागि निराशाजनक रह्यो । उनको टोली नराम्ररी पराजित भयो । मुम्बई इन्डियन्स प्लेअफमा पुग्न सकेन ।

यससँगै हार्दिकको व्यक्तिगत प्रदर्शन पनि कमजोर रह्यो । तर, यसका बाबजुद पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनीमाथि विश्वास व्यक्त गर्दै उनलाई टिम इन्डियामा स्थान दिएको थियो । अब पाण्ड्या २०२४ को टी–२० विश्वकपमा भारतीय टिमबाट खेल्नेछन् ।

पाण्ड्याले आफ्नो व्यक्तिगत जीवनमा पनि उतारचढावको सामना गरिरहेका छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने हार्दिक र उनकी श्रीमती नताशा स्टान्कोभिकको सम्बन्धविच्छेद हुन लागेको छ । यद्यपि हार्दिक वा नताशाले यसबारे केही भनेका छैनन् ।

हालै नताशालाई डिभोर्सको बारेमा प्रश्न सोध्दा उनले बेवास्ता गरिन् । पाण्ड्या र नताशा लामो समयदेखि सामाजिक सञ्जालमा ट्रेन्डिङ रहिरहे । फ्यानहरूले हार्दिकको खराब प्रदर्शनको कारण उनको व्यक्तिगत जीवनको समस्यालाई माने । पाण्ड्याको व्यक्तिगत जीवनको समस्या कसरी समाधान हुन्छ भन्ने बारे अहिलेसम्म कुनै अपडेट आएको छैन ।

भारतीय टोलीले २०२४ को टी–२० विश्वकपअघि अभ्यास खेल खेल्नेछ । जुन १ मा भारत र बंगलादेशबीच खेल हुनेछ । यसमा हार्दिक सहभागी हुन सक्छन् । विराट कोहली र सञ्जु सामसन पनि व्यक्तिगत कारणले टीम इन्डियासँग न्यूयोर्क जान सकेनन् । विराट र सामसनले यो खेल छोड्न सक्छन् ।