२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको छ



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् ।

उनको भिसाको लागि नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि सन्दीपले आजसम्म भिसा पाउन सकेका छैनन् ।

यसैबीच, सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो सपना पूरा हुन नसकेपनि देशको सपना पूरा भएको भन्दै आफू त्यसमा खुसी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् – मेरो सपना पूरा नभए पनि म एक कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।

नेपाल विश्वकप २०२४ का लागि छनोट हुँदा सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । नेपालले २०१४ पछि १० वर्षको अन्तरालमा दोस्रो पटक विश्वकप खेल्दैछ ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।