२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर र उनकी श्रीमती मीरा राजपूतले मुम्बईमा नयाँ अपार्टमेन्ट किनेका छन् । यस लक्जरी अपार्टमेन्टको मूल्य करिब ६० करोड रुपैयाँ छ ।

दम्पतीको यो अपार्टमेन्ट वर्लीको ओबेरोय ३६० वेस्ट प्रोजेक्टको हिस्सा हो । यो ५,३९५ वर्ग फिटमा फैलिएको छ, तीन पार्किंग स्थानहरुसहित ।

रिपोर्टका अनुसार शाहिद र मीराले मे २४ मा आफ्नो अपार्टमेन्ट दर्ता गरेका छन् । यससँगै दम्पतीले १ करोड ७५ लाखको स्ट्याम्प शुल्क पनि तिरेका छन् ।

यो जोडीको अपार्टमेन्ट ओबेरोय रियल्टीले बनाएको भवनको सबैभन्दा अग्लो तल्लामा अवस्थित छ । दुवैले चण्डक रियल्टर्स प्राइभेट लिमिटेडबाट खरिद गरेका हुन् ।

यसअघि २०१८ मा पनि शाहिदले सोही भवनमा अपार्टमेन्ट किनेका थिए । उक्त अपार्टमेन्टको मूल्य ५५.६० करोड रुपैयाँ थियो । यसका लागि उनले २ करोड ९१ लाख रुपैयाँ स्ट्याम्प शुल्क तिरेका थिए ।

कामको कुरा गर्दा शाहिदको अघिल्लो फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ बक्स अफिसमा सफल भएको थियो । अहिले उनी ‘देवा’ को सुटिङमा व्यस्त छन् । यसमा उनको अपोजिट अभिनेत्री पूजा हेगडे हुनेछिन् ।