२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर



तस्विर : एएफपी
अ+ अ-

काडमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर भएका छन् । उनलाई न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेको हो ।

अब ट्रम्पविरुद्ध सजाय सुनाउन बाँकी छ । सजायका लागि आगामी जुलाई ११ का लागि सुनुवाई तोकिएको छ । उनलाई चार वर्षसम्म जेल वा प्रोवेशनको सजाय हुन सक्ने जनाइएको छ ।

यद्यपी ट्रम्पले आफूविरुद्धको फैसलाको पुनरावेदन गर्ने योजना बनाइसकेका छन् । तर त्यो अपील सुनुवाइ हुनुभन्दा धेरै अगाडि ट्रम्प फौजदारी न्याय प्रणालीको दायरामा आइसक्छन् । तर रोचक के छ भने ट्रम्पको सजायले उनलाई जेलमा पठाएमा उनीसँगै सेक्रेट सर्भिसका एजेन्टहरु पनि जानुपर्नेछ ।

ट्रम्प दोषी ठहर भएका ३४ अभियोगमा न्यूयोर्क राज्यको कानून अन्तर्गत सम्भावित सजाय भनेको प्रोबेशनदेखि चार वर्षको जेल सजाय हो । तर ट्रम्प सामान्य प्रतिवादी होइनन् । र धेरैजसो विज्ञहरूले जेल सजायको सम्भावना कम भएको बताउँछन् । तर मुद्दाका न्यायाधीश जुआन एम मर्चनले ह्वाइट कलर अपराधलाई गम्भीरताका साथ लिने बताएका छन् ।

पूर्वराष्ट्रपतिलाई जेलमा बस्नैपर्ने सजाय सुनाएमा ट्रम्प कुनै साधारण कैदी हुनेछैनन्। किनभने अमेरिकी कानुन अनुशार अमेरिकाको सेक्रेट सर्भिसले पूर्वराष्ट्रपतिहरूलाई चौबीसै घण्टा सुरक्षा प्रदान गर्नु आवश्यक हुन्छ । जसको मतलब सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई जेलभित्रै सुरक्षा प्रदान गर्नुपर्नेछ ।




भर्खरै