२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



अ+ अ-

काठमाडौँ । उरुग्वेका फरवार्ड एडिनसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

कोपा अमेरिका अघि काभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षीया काभानीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरे ।

काभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा चार विश्वकपमा सहभागिता जनाएका उनले एक कोपा अमेरिकाको उपाधि र ५८ गोल गरेका छन् ।

उनी हाल अर्जेन्टिनाको बोका जुनियर्समा क्लबबा फुटबल खेल्दै छन् ।

काभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर युनाइटेडलगायत युरोपका शीर्ष क्लबहरूबाट खेलिसकेका छन् ।