२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी



अ+ अ-

गण्डकी । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन हुनुभएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोदबाबु बस्ताकोटीको आज मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ ।

सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको यही जेठ ९ गते निधन भएको थियो । उहाँको आठ हजार दुई सय पाँच मिटरको उचाईको चौथो शिविरमा आइपुग्दा बिरामी भई निधन भएको हो ।

स्वर्गीय बस्ताकोटीको निवासबाट शवयात्रा गरी पार्थिव शरीरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलिका लागि राखिएकोमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं। २६ का वडाध्यक्ष नरेन्द्र थापालगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सम्मान व्यक्त गरेको थियो ।

पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले शोक वक्तव्य जारी गर्दै बस्ताकोटीको निधनले वडाले एक नक्षत्र गुमाएको बताउनुभएको छ । स्वर्गीय बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै उहाँको स्मरणमा प्रत्येक वर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुुभयो ।

विसं २०४३ सालमा पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम र आमा विष्णुमायाबाट जन्मिएका बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा छ हजार १४५ मिटर अग्लो लोवुचे पिक सफल आरोहण गर्नुभएको थियो । बस्ताकोटीले अन्तर्राष्ट्रिय पर्वतालय पदप्रदर्शकको समेत तालिम लिनुभएको थियो । उहाँ बिगत १५ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशिल हुनुहुन्थ्यो । रासस




भर्खरै