१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताउनुभएको छ ।

शनिवारबाट काठमाडौंमा शुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौति अहिले रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भलिबलको बारेमा अलिकति कुरा तपाईंहरुलाई निवेदन गर्न चाहन्छु । भलिबलको एकदम सम्भावना अझ हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो । राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसावले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौति भएको छ ।

यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौँ । यही पाली भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ की भन्नेमा आशावादी छु ।’

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताउनु भयो ।