२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ?



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को पहिलो खेल अमेरिका र क्यानडाबीच भएको थियो । डलासको ग्रान्ड प्रेरी स्टेडियममा आयोजक अमेरिका ७ विकेटले विजयी भयो । अमेरिकालाई जिताउन सबैभन्दा ठूलो योगदान आरोन जोन्सको थियो ।

ठूलो लक्ष्य पछ्याउँदै जोन्सले उत्कृष्ट इनिङ्स खेल्दै अमेरिकालाई एकतर्फी जित दिलाए । अमेरिकी ब्याट्सम्यानले ४० बलमा ४ चौका र १० छक्का प्रहार गर्दै ९४ रनको अविजित इनिङ खेलेका थिए जसका लागि उनलाई ‘प्लेयर अफ द म्याच’को उपाधि पनि दिइएको छ ।

आरोन जोन्सको जन्म अक्टोबर १९, १९९४ मा क्वीन्स, न्यूयोर्कमा भएको थियो । जोन्सका अभिभावक बार्बाडोसका हुन् । जोन्सले वेस्ट इन्डिजका लागि क्रिकेट खेल्ने आशाका साथ आफ्नो यात्रा सुरु गरे र २०१६ मा बार्बाडोसको लागि आफ्नो लिस्ट ए डेब्यू गरे ।

त्यसपछि अर्को वर्ष अर्थात २०१७ मा, जोन्सले बार्बाडोसका लागि फस्र्ट क्लासमा डेब्यु गरे । जोन्सले वेस्ट इन्डिजका शाई होप र जेसन होल्डर र निकोलस पूरनसँग धेरै क्रिकेट खेले ।

तर त्यसपछि आरोनले अमेरिकाको लागि खेल्ने निर्णय गरे र २०१८ मा नै अमेरिकाको लागि खेल्न थाले । उनले २०१९ मा अमेरिकाको लागि अन्तर्राष्ट्रिय डेब्यू गरे र टोलीको लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ब्याट्सम्यान बने । यसरी सुरु भयो जोन्सको क्रिकेट र अहिले उनले टी–२० विश्वकपको ठूलो स्टेजमा आफ्नो जादु फैलाएका छन् ।

आरोन जोन्सले अहिलेसम्म ४३ ओडीआई र २७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । एकदिवसीयका ४३ इनिङ्समा ब्याटिङ गर्दै उनले ३६.३५ को औसतमा १४५४ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र १० अर्धशतक बनाएका छन् ।

यसबाहेक टी–२० अन्तर्राष्ट्रियको २५ इनिङ्समा ब्याटिङ गर्दा जोन्सले २८.११ को औसत र ११६.८७ को स्ट्राइक रेटमा ४७८ रन बनाएका छन् । यस क्रममा उनले २ अर्धशतक बनाए, जसमा उनको उच्च स्कोर ९४ रन (नटआउट) छ ।