२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर नै बजेट ल्याइएको बताउनुभएको छ ।

आईतावर संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्यायो भन्ने आरोप लगाउनु नहुने जिकिर गर्नुभयो । उहाँले सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ति क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताउनु भयो । उहाँले मन्त्रीहरुले बजेट पठाएपछि मात्रै बजेट आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले बजेट ल्याउँदै गर्दा सबै क्षेत्रलाई समेट्यो समेटेन, निजी क्षेत्रलाई समेट्यो समेटेन, कर्मचारीहरुलाई समेट्यो की समेटेन । यसका बारेमा आज छलफल गर्दैछौँ । यो बजेट सरकारले ल्याएको हो । सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्छन्, अर्को पटक नछुटाउन के गर्न सकिन्छ भनेर बहस गर्न सकिन्छ । तर नियतवश छुटाइएको हो भनेर आरोप लगाउन उचित हुँदैन । बजेट बनाउँदा सबै मन्त्रालय र मन्त्रीहरुले बजेट पठाएर नै बजेट बन्ने हो । मलाई थाहा नभइ बजेट बन्यो भन्न म सक्दिन ।’

मन्त्री अर्यालले कर्मचारीको तलव बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताउनु भयो ।