२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ब्रिटिस लगानी बढाउनका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको छ । नेपालका लागि बेलायती राजदूत रोब फेनसँगको भेटका अवसरमा उहाँले सो आग्रह गर्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भेटका अवसरमा अध्यक्ष ढकालले वैदेशिक नेपालमा लगानीका सम्भावनाबारे जानकारी गराउँदै नेपाल सरकारले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि चर्चा गर्नुभएको थियो । नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गर्नुभयो ।

निजी क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थाबारे पनि उहाँले राजदूतलाई जानकारी गराउनुभएको थियो । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि उल्लेख गर्नुभएको जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन केही समयअघि मात्र लगानी ऐन परिमार्जन गरेको उहाँको भनाइ थियो । ढकालले राजदूत फेनलाई नेपालमा जलविद्युत्, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी पनि राजदूतलाई गराउनुभएको थियो ।

भेटवार्ताका क्रममा महासङ्घ उपाध्यक्ष हेमराज ढकाल, सङ्घका लगानी फोरमका सभापति मनोज पौडेल र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले नेपालमा लगानीका नयाँ सम्भावनाबारे जानकारी गराउनुभएको थियो । भेटका अवसरमा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राख्नुभएको थियो । रासस

 




भर्खरै