२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ?



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतसहित देशभर ५५ जना न्यायाधीश रिक्त छन् । सर्वोच्चमा तीन, उच्च अदालतमा आठ र जिल्ला अदालतमा ४४ जना न्यायाधीश रिक्त छन् । सर्वोच्चमा एक जना न्यायाधीशको पद असारमा खाली हुँदैछ । न्यायाधीश नियुक्तिको गृहकार्य सुरु भइसकेको छ । तर विज्ञताका बारेमा पनि कमीले चासो देखाएको पाइन्छ । जबकी पछिल्लो समयमा बढेका अपराधको फैसला गर्न सूचना प्रविधि र विषज्ञविज्ञतामा दक्ष न्यायाधीशको खोजी न्यायपालिकाले गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाले अवकाश पाइसकेका छन् । पछिल्लोपटक न्यायाधीश सुष्मालता माथेमाले उमेरहदका कारण अवकाश पाएकी छन् ।सर्वोच्चमा २१ न्यायाधीश हुनुपर्नेमा हाल १८ जना छन् । उच्च अदालतहरूमा १ सय ६० जना न्यायाधीशको दरबन्दी रहेकोमा आठ जना रिक्त छन् । देशभरका जिल्ला अदालतहरूमा २ सय ८७ न्यायाधीशको दरबन्दी रहेकोमा ४४ जना रिक्त रहेको न्यायपरिषद्को तथ्यांक छ ।

न्यायपरिषद्ले तिनै तहका अदालतमा न्यायाधीश नियुक्तिको गृहकार्य सुरु गरेको छ । सबैभन्दा पहिलो जिल्ला अदालतबाट नियुक्ति गर्ने तयारी परिषद्को छ । त्यसलगत्तै उच्च र सर्वोच्च अदालतमा नियुक्ति गरिने भएको छ । तर न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा खोज्ने प्रवृत्ति छ ।

सर्वोच्चमा अहिले खाली रहेका तीन र अर्को महिना रिक्त हुने एक जनामा ककसलाई ल्याउने भन्ने बहस राजनीतिक वृत्तमा चलिसकेको छ । आफ्नो कोटाबाट न्यायाधीश नियुक्त गर्दा दलहरुले सकेसम्म भविष्यमा प्रधानन्यायाधीश नै बनाउने गरी रोलक्रममा राख्ने गरेका छन् । यसअघि न्यायाधीश नियुक्त गर्दा यही विषयले चर्चा पाएको थियो । अब पनि त्यसैको चर्चा भइरहेको छ । तर विषयविज्ञताका बारेमा कसैले चासो देखाएको छैन । जबकी अहिले सर्वोच्च अदालतमा विचाराधीन धेरै मुद्दा प्राविधिक खालका छन् । तर विषयविज्ञ न्यायाधीश कम छन् ।

सर्वोच्चबाट हालै अवकाश पाएका अनिल सिन्हालाई करका विज्ञ भनिन्थ्यो । उनले करसम्बन्धी अध्ययन राम्रोसँग गरेका थिए र मुद्दाको सुनुवाई गर्न पनि उनलाई दिने गरिएको थियो । यसैगरी न्यायाधीश भरत उप्रेतीलाई कर्पोरेट क्षेत्रको विज्ञको रुपमा चिनिन्थ्यो । अहिले अदालतमा साइबरसम्बन्धी मुद्दा बढेका छन् । तर यो क्षेत्र बुझेका विषज्ञविज्ञ न्यायाधीश छैनन् । सर्वोच्च अदालतमा मात्र होइन, जिल्ला तहसम्म साइबर बुझेका न्यायाधीश कम छन् । जबकी यो क्षेत्रमा सबैभन्दा बढी विवाद देखिएका छन् र अदालतमा मुद्दा पनि बढिरहेका छन् ।

त्यसो त न्यायाधीशले सबै कुरामा निर्णय गर्न नसक्ने होइन । उनीहरुले गर्ने निर्णयमा प्रश्न उठाउन खोजिएको पनि होइन । तर विज्ञले दिने निर्णय र अरुले दिने निर्णयमा स्वाभाविक रुपमा फरक पर्छ । किनकी विज्ञले विषयवस्तुमा राम्रोसँग ज्ञान हासिल गरेको हुन्छ, जति अरुले लिएका हुन्छन् । साइबर सम्बन्धी राम्रो ज्ञान भएका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिइसकेका छन् । उनको राजीनामापछि न्यायपालिकामा साइबर विज्ञ न्यायाधीश छैनन् ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ४ मा न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था छ । जसको उपदफा १ मा ‘न्यायपरिषद्ले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअगाडि नियुक्तिका लागि सिफारिस गर्ने’ भनिएको छ । अन्य कारणबाट सर्वोच्चको न्यायाधीश पद खाली भएमा खाली भएको मितिबाट एक महिनाभित्रमा नियुक्तिको सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा छ । उपदफा ३ मा उच्च अदालतमा मुख्य न्यायाधीश वा न्यायाधीश पद रिक्त हुन आएमा एक महिनाभित्र नियुक्तिको सिफारिस गर्नुपर्ने हुन्छ । तर, सर्वोच्चमै तीन न्यायाधीशको पद रिक्त भइसक्दा पनि नियुक्ति हुन सकेको छैन  ।

सर्वोच्च अदालतका न्यायाधीश न्यायपरिषद्ले सिफारिस गर्छ भने संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशबाट नियुक्त हुने प्रावधान छ । न्यायपरिषद्मा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष, सदस्यमा वरिष्ठ न्यायाधीश आनन्दमोहन श्रेष्ठ, कानुनमन्त्री पदम गिरी तथा वरिष्ठ अधिवक्ताहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी छन् ।

न्यायाधीश नियुक्त गर्दा राजनीतिबाट माथि उठ्नुपर्छ । विषज्ञविज्ञ न्यायाधीश खोजी हुनुपर्छ । त्यसमाथि पछिल्लो समयमा साइबर अपराध बढ्दै गएको र यसलाई राम्रोसँग बुझेको व्यक्तिलाई प्राथमिकता नदिने हो भने साइबरसम्बन्धी अपराधबाट पीडितहरुको न्याय मर्न सक्छ ।