८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद



अ+ अ-

काठमाडौं । न्यूरोडमा महानगरले भत्काएको पीच टाल्न पुगेका सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडक सोमबार बिहान विभागले पिच गर्न थालेको थियो । सडक टाल्ने काममा मेयर बालेन शाहका समर्थकले अवरोध गरेपछि विवाद सिर्जना भएको छ ।

सोहि क्रममा न्यूरोड पुगेका सडक विभागका प्रतिनिधि र महानगरका प्रहरीबीच पनि विवाद भएको हो ।

 

मेयर शाहको निर्देशनमा जेठ १२ गते पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनको अल्टिमेटम दिएर सडक जस्ताको तस्तै पार्न भनेको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले सडक टाल्न सुरू गरेको थियो ।