२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन्



अ+ अ-

एजेन्सी । भारतको लखनउमा एक डाक्टरको बन्द घरमा चोर पसेका थिए । उनले पूरै घर खोजे, बहुमूल्य सामानहरू जम्मा गरे र आराम गर्न एसी अन गरे । तर, उनको आरामको रमाइलो बिहानै प्रहरीको घेरामा परेपछि बिग्रियो ।

लखनउको इन्दिरा नगरको सेक्टर २० मा बस्ने डा. सुनिल पाण्डेको घरमा यो अनौठो चोरी भएको हो । टाइम्स अफ इन्डियाका अनुसार सुनील पाण्डे हाल वाराणसीको बलरामपुर अस्पतालमा तैनाथ छन्, जसका कारण उनको घर खाली थियो ।

चोरले उनको घरको ताला तोडेर प्रवेश गरी बहुमूल्य सामानहरु जम्मा गरेका थिए ।

चोरीपछि उनी गर्मीबाट बच्न एसी अन गरेर सुते । तर, मदिराको नशामा उनी यति गहिरो निदाएका थिए कि प्रहरी आएपछि पनि उठेनन् । बिहान डाक्टर पाण्डेको ढोका खुलेकाले छिमेकीलाई शंका लाग्यो । उनले भित्र हेरेपछि घर अस्तव्यस्त थियो र सबै सामान छरपस्ट थियो । छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा चोर सुतेको अवस्थामा फेला परेको थियो । चोरको पहिचान कपिल रहेको र उनको साथबाट चोरीको सामान बरामद भएको छ । प्रहरीले कपिललाई पक्राउ गरेको छ र उनीविरुद्ध आईपीसीको धारा ३७९ ए अन्तर्गत चोरीको मुद्दा दर्ता गरिएको छ ।

चोरले अलमारी तोडेर नगदसहित सबै सामान चोरेको प्रहरीले जनाएको छ । उनले धुने बेसिन, ग्यास सिलिन्डर र पानीको पम्प पनि चोर्ने प्रयास गरेर घरको ब्याट्री पनि निकाल्ने प्रयास गरे तर निस्कनुअघि आराम गर्ने सोचेर एसीको हावामै सुते ।

 




भर्खरै