१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बैठकमा सांसद भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको सन्दर्भमा भइरहेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो रु सदनलाई जानकारी गराइयोस् ।’

विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।