२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं: प्रमुख सचेतक परियार



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको हो । मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाई थियो । उहाँले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयनका विषयमा पनि धेरै काम गर्न बाँकि छ । नागरिक अधिकार, मानव अधिकार र सास्कृतिक अधिकारहरु बचाउन र त्यो अधिकारलाई सुनिश्चित गर्न पनि हामीले धेरै कुरा गर्न बाँकि छ । बजेटमा संस्कृतिलाई सम्वद्र्धन गर्ने कुरा गरिएको छ । मलाई लाग्छ–सकिन्छ भने काठमाडौ, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गरौं । र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौं । किनभने शहरहरु विभिन्न किसिमका हुन्छन । अब हामीले आधुनिक विकासमा जाने हो भने शहरहरुलाई शैक्षिक सहर, सांस्कृतिक शहर, विकसित शहर, आर्थिक सहरको रुपमा पनि घोषणा गर्नुपर्छ भन्ने मलाई लाग्छ । लामो संघर्षबाट प्राप्त गरेको राजनीतिक व्यवस्था जसरी हामीसँग छ । त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि अव हामीले विशेष गरी अर्थमा अर्थनीतिमा काम गर्नुपर्छ भन्ने लाग्छ । ’

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकि रहेको पनि बताउनु भयो ।




भर्खरै