२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितलाई आज धोनीको रेकर्ड तोड्ने मौका



अ+ अ-

एजेन्सी । भारतीय टोलीले आज बुधबार आयरल्याण्डविरुद्ध खेल्दै टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ । दुई टोलीबीचको यो खेल न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।

कप्तान रोहित शर्माका लागि आयरल्यान्डविरुद्धको जित ठूलो व्यक्तिगत उपलब्धि हुनेछ किनभने यदि भारत यो खेल जित्न सफल भयो भने रोहित कप्तानको रूपमा टी–२० मा सबैभन्दा धेरै जित्ने कप्तान बन्नेछन् ।

रोहितको कप्तानीमा भारतले कुनै पनि आईसीसी ट्रफी जित्न सकेको छैन, तर रोहित महेन्द्र सिंह धोनीलाई पछाडि छोड्नबाट एक कदम टाढा छन्, जसले आफ्नो कप्तानीमा भारतलाई टी–२० विश्वकपको उपाधि दिलाए । रोहितले अहिलेसम्म ५४ टी–२० खेलमा भारतको कमाण्ड गरेका छन् जसमा टोलीले ४१ खेल जितेको छ भने १२ खेलमा हार बेहोरेको छ ।

अर्कोतर्फ धोनीले ७२ टी–२० खेलमा भारतको कप्तानी गरेका छन् भने ४१ खेल जितेका छन् भने २८ हारेका छन् । धोनी र रोहितले आफ्नो कप्तानीमा भारतका लागि खेलको सबैभन्दा छोटो ढाँचामा समान संख्यामा खेल जितेका छन् र यदि भारतले बुधबार जित्यो भने कप्तानको रूपमा रोहितको यो ४२ औँ जित हुनेछ र उनी धोनीलाई पछि पार्दै भारतका लागि टी–२० सबैभन्दा सफल कप्तान बन्नेछन् ।